Kathmandu Press

ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण 

पाँचथर, असोज २४ : ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ। गिरिराज बाँस्कोटाद्वारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकापर्ण...
ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण 

पाँचथर, असोज २४ : ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ। गिरिराज बाँस्कोटाद्वारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकापर्ण गरिएको हो।

शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार बिमल बैधले कृतिको लोकपर्ण गरका थिए। केन्जो खबर डटकमले अयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन्। 

Hardik ivf

लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन्। कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे। हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाई थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताएका थिए। 
उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले साहित्यलागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले महत्वपूर्ण स्थान हाँसिले गर्ने अपेक्षा राखे।

कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बालगायतका साहित्यक रचना पाठ गरेका थिए। साहित्यकारको उलेख्य उपस्थितीमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदन प्रदान तथा गायनसमेत भएको थियो।

प्रकाशित मिति: २१:०५ बजे, आइतबार, असोज २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्