Kathmandu Press

थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् ।
थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, असोज १० : पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्