पोखरा महानगर कांग्रेस सभापतिमा सुरेन्द्र बिजुक्छे

पोखरा, असोज १० : नेपाली कांग्रेस पोखरा महानगरपालिको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन्।

बिजुक्छेले ४१४ मल ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले भने ३४६ मत पाए।

यस महानगरमा शनिबार भएको मतदानमा १ हजार ३ सय ७० मतदाता रहेकोमा १ हजार ३ सय ४४ मत खसेको थियो। मत परिणाम भने आज (आइतबार) मात्र आएको हो । 

सभापतिका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। बिजुक्छे यसअघि उपसभापति थिए।

 Published Date: Sunday, 26th September 2021 12:22:00 pm