Kathmandu Press

कांग्रेस पालिका अधिवेशन : पोखरा महानगरपालिकाको मतगणना जारी

कांग्रेस पालिका अधिवेशन : पोखरा महानगरपालिकाको मतगणना जारी
Hardik ivfHardik ivf

कास्की, असोज १० : सत्तारुढ नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका सबै पालिकामा अधिवेशन सम्पन्न भएका छन्। यसक्रममा चार गाउँपालिकामा नयाँ नेतृत्व चयन भएका छन् भने पोखरा महानगरपालिकाको सभापति पदका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ। 

अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत र माछापुच्छ्रे र मादी गाउँपालिकामा निर्वाचनद्वारा नेतृत्व चयन भएको थियो। मादीमा सभापतिमा यामबहादुर गुरुङ देविजंग गुरुङलाई एक मतले पछि पार्दै यामबहादुर निर्वाचित भएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ। विजयी गुरुङले ९३ मत प्राप्त गर्दा प्रत्याशी देवीजंगले ९२ मत पाएका थिए। 

उपसभापतिमा लिला मोहन कुइकेल र कृष्ण चन्द्र बराल निर्विरोध निर्वाचित भए। सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ, सहसचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल (राजु) निर्वाचित निर्वतमान सचिव भानु ढकालले जानकारी दिए। माछापुच्छ्रे गाउँपालिकाको अधिवेशनबाट  सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भए। उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

यसैगरी अन्नपूर्ण गाउँपालिका सभापतिमा दोस्रो कार्यकालका लागि मनपति भण्डारी निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिद्धयमा सुशील भट्टचन र गौमाया नेपाली निर्वाचित भए।

यसैगरी सचिवमा कृष्णप्रसाद सुबेदी र विजय गुरूङ तथा सहसचिवमा धुव्र घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

अन्नपूर्ण गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि यसअघिनै सर्वसम्मत चयन गरिएको थियो। रूपा गाउँपालिकामा सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा गेसबहादुर गुरूङ र शंकरलाल श्रेष्ठ, सचिवमा बुद्धिबहादुर खड्का र र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भएका छन् । 

प्रकाशित मिति: ०९:२९ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्