Kathmandu Press

ईपीएल : आज विराटनगर र चितवन, भैरहवा र पोखरा भिड्दै

काठमाडौं, असोज १० : एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज दुई वटा खेल हुन लागेका छन्।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज बिहान ९ः३०...
ईपीएल : आज विराटनगर र चितवन, भैरहवा र पोखरा भिड्दै
Hardik ivfHardik ivf

काठमाडौं, असोज १० : एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज दुई वटा खेल हुन लागेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज बिहान ९ः३० बजे विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच खेल हुनेछ।

करण केसीको नेतृत्वमा विराटनगर र सोमपाल कामीको नेतृत्वमा चितवन मैदानमा उत्रिनेछन्। दुवै टिमको लक्ष्य सुखद सुरुआत गर्ने रहेको छ।

त्यस्तै, आज अपराह्न १ः३० बजे दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। भैरहवाको नेतृत्व शरद भेषवाकरले र पोखराको नेतृत्व विनोद भण्डारीले गर्नेछन्।

शनिबार भएको उद्घाटन खेलमा काठमाडौं किङ्स ११ विजयी भएको थियो। काठमाडौंले चितवनलाई सात विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्