Kathmandu Press

डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए।
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलो नियन्त्रणमा सरकार संवेदनशील नभएको बताएका छन्। नेता कोइरालाले डढेलोको क्षति वर्षेनि बढिरहेकाले यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताए।

अहिले नेपालको मध्य र पश्चिमी क्षेत्रका अधिकांश जंगलमा ढडेलो लागेको छ। डढेलोका कारण कैयौं पशुचौपाय जलेका छन् भने कैयौं घर पनि जलेका छन्।

Hardik ivf

डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए।

‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका करण कैयौँ नेपालीको ज्यान गयो। अर्बौंको सम्पत्तिको नाश भइसक्यो  कतै निभ्यो, कतै सल्किरहेको छ,’ उनले भनेका छन्, ‘वर्षेनी डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौं? नीतिमा कि व्यवहारमा? सरकार किन यति असंवेदनशील?’

 

प्रकाशित मिति: १०:५८ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्