Kathmandu Press

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना

चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं, वैशाख १४ : चाउचाउमा एसिड भ्यालु धेरै भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । 

चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको हो । ब्याज नं. ६० जीएसआरएस २०, २०८० मा उत्पादित चाउचाउमा एसिड भ्यालु धेरै देखिएको भन्दै तुरुन्त बजारबाट उक्त लटको उत्पादन फिर्ता गरी त्यसको प्रमाणसमेत पेश गर्न महानगरपालिकाले निर्देशन दिएको छ । 

Hardik ivf

महानगरपालिकाले सो चाउचाउको नमूना प्रयोगशालामा परीक्षणका लागि लगेकोमा परीक्षण प्रतिवेदनले खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।

खाद्य प्राविधिकहरूले यस्तो हुनुलाई तेलको गुणस्तर नभएको भनेका छन् । यस्तो चाउचाउको निरन्तरको सेवनले क्यान्सरलगायत घातक रोग लाग्न सक्ने उनीहरूको भनाइ छ । 
 

प्रकाशित मिति: ०८:४५ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्