Kathmandu Press

पानीको स्रोत जोगाउन जुट्यो कामपा

काठमाडौं, असोज ९ : काठमाडौं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी संकलन प्रणाली निर्माण थालेको छ।  कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार...
पानीको स्रोत जोगाउन जुट्यो कामपा

काठमाडौं, असोज ९ : काठमाडौं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी संकलन प्रणाली निर्माण थालेको छ।  

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकासेपानी संकलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरेका हुन्। 

Hardik ivf

सोही क्रममा कामपाका प्रमुख शाक्यले ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र जमिन पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको हो भने। 

‘अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट्यो। अब त्यो सतह बढाउने काम गर्नुपर्छ,’ कामपा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने। उनले नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्ने अपेक्षा गरे।  

महानगरको वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्याङ्क फ्लस डाइभर्टरमा पठाइन्छ भने। जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहरसहितको पानी यसमा भरिन्छ। त्यसपछिको सफा पानी ट्यांक हुँदै एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ।

रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट्यांकीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, चार मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट्यांकी बनाइनेछ। 

उक्त पुनःभरण प्रणालीका विषयमा जानकारी थप्दै उनी भन्छन्, ‘ट्यांकी भरिएर आएको पानीलाई ४८ इन्चको रिङमार्फत जमिनमुनि पठाइन्छ। यो रिङमा सानाठूला रोडा र बालुवाको तह बनाइएको हुन्छ।’ यो प्रणाली करिब रु ११ लाख २० हजारमा निर्माण हुन लागेको हो। 

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गर्दै यसअघि कामपाले ०७६ साल फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनःभरण प्रणाली सुरु गरेको  जानकारी दिए। 
 

प्रकाशित मिति: १६:०३ बजे, शनिबार, असोज ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्