Kathmandu Press

एकीकृत समाजवादी सिन्धुलीले चयन गर्‍यो पालिका इन्चार्ज

सिन्धुली, असोज ९ : नेकपा (एकीकृत समाजवादी) सिन्धुली जिल्ला कमिटीले पालिकास्तरीय संगठन विस्तारका लागि इन्चार्ज तोकेको छ।शुक्रबार बसेको सचिवालय बैठकले जिल्लाका नौ पालिकामध्ये पाँचवटामा...
एकीकृत समाजवादी सिन्धुलीले चयन गर्‍यो पालिका इन्चार्ज

सिन्धुली, असोज ९ : नेकपा (एकीकृत समाजवादी) सिन्धुली जिल्ला कमिटीले पालिकास्तरीय संगठन विस्तारका लागि इन्चार्ज तोकेको छ।

शुक्रबार बसेको सचिवालय बैठकले जिल्लाका नौ पालिकामध्ये पाँचवटामा इन्चार्ज तोकेको हो। बैठकले कमलामाई नगरपालिकाका र दुधौली नगरपालिकामा क्रमशः टंक थापा र लिलबहादुर पौडेललाई इन्चार्जको जिम्मेवारी दिएको छ।

Hardik ivf

गोलन्जोर गाउँपालिकाको इन्चार्ज ईश्वरीलाल श्रेष्ठ, तिनपाटन गाउँपालिकाको इन्चार्ज खेम दाहाल, घ्याङेख गाउँपालिकाको इन्चार्ज दिनेश लाेलाई बनाइएको छ।

दुधौलीमा सहइन्चार्जको जिम्मेवारी पदम घिसिङलाई दिइएको छ भने अध्यक्ष मुक्तिनाथ काफ्लेलाई तोकिएको छ। तीनपाटनमा सहइन्चार्ज राम केसी तोकिँदा पूर्णबहादुर मस्राङीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ।

बाँकी स्थानीय तहको जिम्मेवारी अर्को बैठकमा तोकिने जिल्ला कमिटी अध्यक्ष सूर्य पाख्रिनले जानकारी दिए। उनका अनुसार यही असोज २४ गतेभित्र सबै पालिकामा संगठन विस्तार गर्ने योजना जिल्ला कमिटीले बनाएको छ।

प्रकाशित मिति: १३:०१ बजे, शनिबार, असोज ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्