Kathmandu Press

कांग्रेस पदाधिकारी बैठकको निर्णय : ९ असोजका अधिवेशन यथावत्, विवाद रहेका ठाउँमा समाधानको प्रयास

कांग्रेस पदाधिकारी बैठकले ९ असोजका लागि निर्धारित अधिवेशनहरू यथावत रहने बताएको छ ।
कांग्रेस पदाधिकारी बैठकको निर्णय : ९ असोजका अधिवेशन यथावत्, विवाद रहेका ठाउँमा समाधानको प्रयास
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : कांग्रेस पदाधिकारी बैठकले ९ असोजका लागि निर्धारित अधिवेशनहरू यथावत रहने बताएको छ ।

सिंहदरबारमा सम्पन्न बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले निर्धारित अधिवेशनहरू यथावत् रहेको बताएका हुन् । उनका अनुसार क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी जिल्लाका समस्या समाधानको प्रयास सँगसँगै अगाडि बढाउने निर्णय भएको छ ।

केन्द्रीय निर्वाचन समितिले अधिवेशनहरू सम्पन्न गराउने उनले बताए । सर्वसम्मत हुने ठाउँमा सर्वसम्मत र त्यसो हुन नसकेका ठाउँमा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार निर्वाचन सम्पन्न हुने उनले बताए ।

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्