Kathmandu Press

कुलिङ पिरियडमा भएको गडवडीबारे छानबिन समितिको म्याद आज सकिँदै

छलफलका लागि समितिका पदाधिकारी सिंहदरबारस्थित राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक हलमा जुटेका छन्।
कुलिङ पिरियडमा भएको गडवडीबारे छानबिन समितिको म्याद आज सकिँदै

काठमाडौं, साउन १८ : संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडवडी छानबिनका लागि गठित विशेष समितिको म्याद आज सकिँदैछ।

म्याद सकिनुपूर्व आवस्यक तयारीका लागि समितिका सदस्यहरू आइतबार बिहानैबाट छलफलमा छन्। छलफलका लागि समितिका पदाधिकारी सिंहदरबारस्थित राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक हलमा जुटेका छन्।

प्रतिवेदनमा कस्ता विषय समावेश गर्ने  र कस्तो बनाउने भन्नेबारे छलफल चलिरहेको छ। गत असार २३ गते कुलिङ पिरियडमा भएको गडवडीबारे छानबिनका लागि सभामुख देवराज घिमिरेले कांग्रेसका सह महामन्त्री एवम् सांसद जिवन परियारको संयोजकत्वमा समिति गठन गरेका थिए।

परियार नेतृत्वको समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो। समय अपुग भएपछि समय एक साता थपिएको थियो  उक्त थपिएको म्याद आज सकिँदैछ। 

छानविन समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन्। 

आजै छानविनको काम सकाएर समितिले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १६:३१ बजे, आइतबार, साउन १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्