Kathmandu Press

डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

काठमाडौं, असोज ६ : डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि नुवाकोटबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१२ मूलबारीका ४५...
डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि पक्राउ
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि नुवाकोटबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१२ मूलबारीका ४५ वर्षीय राजेन्द्र पण्डित रहेको प्रहरीले जनाएको छ।

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. श्रेष्ठलाई चितवनको भरतपुर नगरपालिका-१० हाकिमचोककाे भित्री सडकबाट २०६७ जेठ ४ गते  एक दर्जनभन्दा बढीकोअज्ञात समूहले अपहरण गरेकाे थियाे।

१९ दिनसम्म बन्धक बनाएपछि १ करोड १० लाख रुपैयाँ बराबरको साढे तीन किलो सुन फिरौती लिएपछि सो समूहले डा. श्रेष्ठलाई छाडेको थियो ।

पण्डित भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए। नेपाल आएको मौकामा मंगलबार नुवाकोटबाटै उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

ब्युरोका अनुसार उनीविरुद्ध पुनरावेदन अदालत हेटौंडाबाट मुलुकी ऐन (२०२०) अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नम्बरबमोजिम सात वर्ष कैद र सोही महलको ७ नम्बरबमोजिम दुई वर्ष थप कैद गरी नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको छ।

प्रकाशित मिति: १६:१८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्