एआई अब हाम्रो जीवनको हिस्सा बनिसक्यो : अध्यक्ष दाहाल
उनले कृतिम बौद्धिकता प्रणालीहरुले आदिवासी समुदायका आवाज, दृष्टिकोण, ज्ञान र प्रणालीलाई उपेक्षा गर्ने र बहिष्करण, भेदभाव र पहिचानको संकट निम्ताउन सक्ने सम्भावना पनि भएको भन्दै यसको विकासमा आदिवासी जनजातीको सक्रिय सहभागिता हुनुपर्ने बताए।-(13)-1754577667.jpg)
काठमाडौं, साउन २२ : राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आदिवासी जनजाती समूदायका लागि प्रविधिको विकास, अवसर र चुनौती दुवैको रुपमा प्रस्तुत भएको बताएका छन्।
बिहीबार काठमाडौंमा ३१औं विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा तिव्र गतिमा डिजिटल र प्रविधिमैत्री बनिरहेको विश्वमा एआई केबल प्रविधिको विषय मात्र नभइ मानव जीवनको हरेक पक्षमा गहिरो प्रभाव पार्ने शक्तिशाली उपकरण बनेको भन्दै यस्तो प्रविधि आदिवासी जनजाती समूदायका लागि अवसर र चुनौती दुवै भएको बताए।
‘आजको विश्व तिव्र गतिमा डिजिटल र प्रविधिमैत्री बनिरहेको छ । एआई अब केबल प्रविधिको विषय मात्र होइन, मानव जीवनको हरेक पक्षमा गहिरो प्रभाव पार्ने शक्तिशाली उपकरण पनि हो। हामीले चाहे पनि नचाहे पनि एआई अब हाम्रो जीवनको हिस्सा बन्दै गइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा आदिवासी जनजाती समुदाय जस्ता पहिचान, भाषा, संस्कृति र अधिकारका दृष्टिले संवेदनशील समूदायका लागि यो प्रविधि अवसर र चुनौती दुवैको रुपमा प्रस्तुत भएको छ।’
उनले कृतिम बौद्धिकता प्रणालीहरुले आदिवासी समुदायका आवाज, दृष्टिकोण, ज्ञान र प्रणालीलाई उपेक्षा गर्ने र बहिष्करण, भेदभाव र पहिचानको संकट निम्ताउन सक्ने सम्भावना पनि भएको भन्दै यसको विकासमा आदिवासी जनजातीको सक्रिय सहभागिता हुनुपर्ने बताए।












