‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्नुपर्छ’
‘समूदायका हरेक मुद्दाहरु सम्बोधन गर्न समूदायकै व्यक्तिहरु नीतिगत तहमा प्रतिनिधित्व हुनुपर्ने र अधिकारका लागि समूदायका व्यक्तिहरु एकढिक्का भएर जुट्नुपर्छ,’ उनले भनिन्।-(1)-1754575430.jpg)
काठमाडौं, साउन २२ : उपसभामुख इन्दिरा रानाले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको पहिचानमा समस्या हुँदा अधिकारबाट बन्चित भइरहेको बताएकी छिन्। उनले पहिचानका आधारमा नागरिकता नहुँदा धेरै कुरामा समस्या भएको औंल्याइन्।
अर्जेन्ट एक्सन फन्टको सहयोगमा मायाको संसार नामक संस्थाले विहीबार काठमाडौंमा आयोजना गरेको ‘लैङ्गिक पहिचानका आधारमा हुने विभेद न्यूनीकरण’बारेको अन्तरक्रियामा उपसभामुख रानाले कानुनी रुपमा समूदायका व्यक्तिहरुलाई नागरिकताको विषय पेचिलो भएकाले त्यस सम्बन्धमा सम्बोधन हुनुपर्ने बताइन्।
‘समूदायका हरेक मुद्दाहरु सम्बोधन गर्न समूदायकै व्यक्तिहरु नीतिगत तहमा प्रतिनिधित्व हुनुपर्ने र अधिकारका लागि समूदायका व्यक्तिहरु एकढिक्का भएर जुट्नुपर्छ,’ उनले भनिन्।
उपसभामुख रानामगरले यौनकर्मी श्रमिकहरुका हक अधिकारका विषयमा अन्तराष्ट्रिय निकायहरुले आवाज उठाइरहेकाले नेपालले पनि उचित सम्बोधन गर्नुपर्ने बताइन्। नेपालमा अभ्यास भइरहेको लोकतन्त्रमा सिष्टमलाई मान्नुपर्ने उनको भनाई थियो।
उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका व्यक्तिहरुलाई विभिन्न बहानामा प्रहरीले दुःख दिइरहेको खबर आइरहने भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरिन्।
कार्यक्रममा महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी, मानवअधिकार आयोगका प्रतिनिधि, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम समूदायका व्यक्तिहरुको सहभागिता थियो।



-1765194974.jpg)





-1765194974.jpg)


