Kathmandu Press

‘केवल तिमी भित्रै’मा कुन्साङ र  सिम्रनको अन्स्क्रिन प्रेम   

काठमाडौं, असोज ६ : मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त अभिनित ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  रोमान्टिक भर्सनको...
‘केवल तिमी भित्रै’मा कुन्साङ र  सिम्रनको अन्स्क्रिन प्रेम   
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त अभिनित ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

रोमान्टिक भर्सनको यस गीतमा गायक देब्स राई र गायिका  कल्पना प्राङ्ग्देन राईको स्वर रहेको छ। गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले संगीतवद्ध गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्।  

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा भिडियोमा मनि  के राईको कोरियोग्राफी रहेको छ भने विनोद विनिरजरा राईले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्।  

चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘एसएसओजी अफिसिएल’ युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  
 

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्