Kathmandu Press

सगुनले ल्याए ‘सिर्बन्दी’ [भिडियाे]

सगुन आफैंले लेखेको गीतलाई विक्रम लिम्बूले कम्पोज गरेका छन् भने उज्जल सागरले साउन्ड डिजाइन गरेका छन्।
सगुनले ल्याए ‘सिर्बन्दी’ [भिडियाे]

काठमाडाैं, वैशाख ७ : गायक सगुन लिम्बूले नयाँ गीत ‘सिर्बन्दी’ बजारमा ल्याएका छन्। उनले आफ्नै युट्युब च्यालन ‘सगुन लिम्बू’ मार्फत ‘सिर्बन्दी’को लिरिकल भिडियो ल्याएका हुन्।

सगुन आफैंले लेखेको गीतलाई विक्रम लिम्बूले कम्पोज गरेका छन् भने उज्जल सागरले साउन्ड डिजाइन गरेका छन्। सगुनलाई विकास तुम्बापो लिम्बू, संगीता रनपहेली र अप्सु योगीले पनि गायनमा साथ दिएका छन्।

राजेश श्रेष्ठले रेकर्ड गरेको गीतमा किशोर थापाले मिक्सिङ र मास्टरिङ गरेका छन्। गीत म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो।

सञ्जीव बराइलीले गितारमा, नरेन्द्र राईले बाँसुरी, हेमन्त कान्छा सराइलीले सारंगी र पोषन मगरले मादलमा गायक सगुनलाई साथ दिएका छन्।  

सगुनले यसअघि नजिक छैन, पल, दिन बित्यो, गन्तव्यजस्ता गीत ल्याइसकेका छन्।

हेर्नुस् भिडियाे

प्रकाशित मिति: २१:२३ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्