भिरबाट लडेर दुईजनाको मृत्यु
रोल्पा, असोज ६ : रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगीता पुन र उनकै छोरी २ वर्षीया कृतिका पुनको भिरबाट लडेर मंगलबार साँझ...
रोल्पा, असोज ६ : रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगीता पुन र उनकै छोरी २ वर्षीया कृतिका पुनको भिरबाट लडेर मंगलबार साँझ मृत्यु भएको छ ।
घरदेखि करिब १ सय ५० मिटरटाढा रहेको मकैबारीमा बाँदर लखेटी कृतिकालाई बोकी संगीता घर फर्किने क्रममा भिरबाट लड्दा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १३:११ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार