Kathmandu Press

पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

गुल्मी, असोज ६ : गएराति खसेको पहिरोले घर पुरिँदा गुल्मीमा तीन दिदीबहिनीको ज्यान गएको छ।गएराति १ बजे रेसुंगा नगरपालिका–८ थुम्काका तिलक परियारको घर...
पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

गुल्मी, असोज ६ : गएराति खसेको पहिरोले घर पुरिँदा गुल्मीमा तीन दिदीबहिनीको ज्यान गएको छ।

गएराति १ बजे रेसुंगा नगरपालिका–८ थुम्काका तिलक परियारको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ। घर पुरिँदा उनकी छोरीहरु २१ वर्षीया भावना, १४ वर्षीया गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम पाण्डेले बताए।

राति सुतिरहेको अवस्थामा पहिरो खसेको थियो। तिलक उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेका छन्।

पहिरो खसेको खबर पाएपछि पुगेको सुरक्षाकर्मीको टोलीले उनीहरुको शव निकालेको छ। तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्