माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने लगायतका विषय रहेका छन्।काठमाडौं, साउन १६ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज स्ने भएको छ । बैठक केन्द्रिय कार्यालय पेरिसडाँडामा दिउसो १ बजेका लागि बोलाइएको छ।
शुक्रबारदेखि शुुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो।
बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने लगायतका विषय रहेका छन्।
प्रकाशित मिति: ११:३२ बजे, शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


