Kathmandu Press

बूढानीलकण्ठको ४ नम्वर वडा समितिमा कांग्रेसको नेतृत्व सर्वसम्मत चयन

काठमाडौं, असोज ५ : नेपाली कांग्रेसको बूढानीलकण्ठ नगरपालिका ४ नम्बर वडा समिति सर्वसम्मत चयन भएको छ।पूर्वनिर्धारित तालिकाअनुसार मंगलबार भएको वडा अधिवेशनबाट वडा सभापतिमा...
बूढानीलकण्ठको ४ नम्वर वडा समितिमा कांग्रेसको नेतृत्व सर्वसम्मत चयन

काठमाडौं, असोज ५ : नेपाली कांग्रेसको बूढानीलकण्ठ नगरपालिका ४ नम्बर वडा समिति सर्वसम्मत चयन भएको छ।

पूर्वनिर्धारित तालिकाअनुसार मंगलबार भएको वडा अधिवेशनबाट वडा सभापतिमा श्याम खड्का चुनिएका छन्। त्यसैगरी वडा समितिको उपसभापतिमा गोपाल कार्की र महिला उपसभापतिमा सुमिता खड्का चुनिएकी छिन्। 

Hardik ivf

त्यस्तै, सचिवमा रोशन खड्का र विशाल भण्डारी, सहसचिवमा शान्ता पौडेल र नारायण खत्री चयन भएका छन्।  

अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा दामोदर खड्का, श्याम बहादुर खड्का, राजु खड्का, शंकर खड्का, द्वारिका खड्का, प्रणय शम्शेर जवरा, पुष्पमान श्रेष्ठ, कृष्ण खत्री, प्रकाश थापा मगर, माधव कार्की, तारा खड्का मिश्र, अच्युत केसी, शिवराम भण्डारी, मञ्जु पपरियार, गगा कुमारी राई, रमिला वाग्ले र शारदा पैडेल चयन भएको निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेसको मंसिरमा हुने १४ औँ महाधिवेशनका लागि आजबाट देशैभर वडा समितिको निर्वाचन सुरू भएको हो।

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, असोज ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्