प्रदेश नं १ मा थप ३७३ जनामा कोरोना संक्रमण
विराटनगर, असोज ५ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा पीसीआर परीक्षणका आधारमा...
विराटनगर, असोज ५ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सो अवधिमा पीसीआर परीक्षणका आधारमा मोरङमा १०५ मध्ये विराटनगरमा ६४, झापामा ८९, सुनसरीमा ६७, इलाममा आठ, धनकुटा, पाँचथर, उदयपुर र सङ्खुवासभामा एक÷एक तथा प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सो अवधिमा एक हजार ३२१ को पीसीआर परीक्षण गर्दा २८१ र ३४५ को एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८३ जना सङ्क्रमणमुक्त भएका छन्।
सङ्क्रमणमुक्त हुनेमा ८३ महिला र १४२ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
