Kathmandu Press

बागमतीमा कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

राजिनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ छन्।
बागमतीमा कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

काठमाडौं, साउन ९ : बागमती प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका चारजना मन्त्रीले राजीनामा दिएका छन्। 

राजिनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ छन्। 

उनीहरुले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएका छन्। 

कांग्रेस नेतृत्वको सरकारमा रहेका चार मन्त्रीले सरकार छाडेको विषयलाई रहस्यका रुपमा हेरिएको छ । मुख्यमन्त्री लामालाई हटाउन राजिनामा दिइएको आशंका छ । 

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, साउन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्