Kathmandu Press

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

सुदूरपश्चिम, असोज ५ : सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट...
सुदूरपश्चिममा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

सुदूरपश्चिम, असोज ५ : सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९६६ जनाको नमूना परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

Hardik ivf

पीसीआर  विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १३, महाकाली अस्पतालमा आठ र  डडेल्धुरा अस्पतालमा तीन  जनामा सङ्क्रमण पुष्टि भएको हो।  यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा आठ, कैलालीमा दुई र बैतडीका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ।  

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभर १३ जना सङ्क्रमणमुक्त भएका छन्। यसअघि सोमबार यो प्रदेशमा ५३ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, असोज ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्