राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो
सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
काठमाडौं, असोज ५ : सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
पूर्ववर्ती सरकारले राजनीतिक ढंगबाट नियुक्त गरेका सबै राजदूत फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार