उपत्यकामा थप  ४०२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५३९३ पुग्यो

काठमाडौं, असोज ५ : काठमाडौं उपत्यकामा थप ४०२ कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घन्टामा काठमाडौंमा २६१ , ललितपुरमा ९८ र भक्तपुरमा ४३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै काठमाडौं उपत्यकामा ५३९३ सक्रिय संक्रमित छन्।

यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३०२८, ललितपुरमा ९४७ र भक्तपुरमा १४१८ रहेको मन्त्रालयले जनाएको छ। 

 

 Published Date: Tuesday, 21st September 2021 4:53:00 pm