Kathmandu Press

गठबन्धन नबनेको भए ओलीलाई हटाउन सकिन्नथ्यो : प्रचण्ड

काठमाडौं, असोज ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र संघीयता जोगाउन लोकतन्त्रका पक्षधर एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्। सशस्त्र द्वन्द्वमा ज्यान...
गठबन्धन नबनेको भए ओलीलाई हटाउन सकिन्नथ्यो : प्रचण्ड

काठमाडौं, असोज ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र संघीयता जोगाउन लोकतन्त्रका पक्षधर एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्। 

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सूर्यनाथ राम यादवको ३६औं स्मृति दिवसमा पेरिसडाँडास्थित पार्टी कार्यालय आज (सोमबार) आयोजित कार्यक्रममा उनले अहिलेको परिस्थितिमा लोकतन्त्रका पक्षधरहरुको गठबन्धन अत्यावश्यक रहेको उल्लेख गरे। 

Hardik ivf

‘मोर्चा नबनाएको भए आफूलाई श्री ५ जस्तो गर्न खोजेका केपी ओलीलाई बालुवाटारबाट गलहत्याएर हटाउनै सकिने थिएन,’ उनले भने, ‘गठबन्धन बनाइएकै कारण ओलीलाई हटाउन सफल भएका हौं।’ 

झुट र धोकाका पर्याय भए पनि ओलीले अरूलाई सजिलै धोकेबाजको संज्ञा दिँदै हिँडेको आरोप प्रचण्डको थियो। ‘केपी ओली जित झुट बोल्न सिपालु मान्छे सायद नेपालमा अरू छैनन्। धोका चाँही आफूले दिने तर सजिलै अर्कोलाई धोकेवाज भन्ने ?’ उनले भने। 

ओलीकाे उखानटुक्कामा ताली बजाउनेहरू देखेर आफू हैरान भएको प्रचण्डको भनाइ थियो। बालुवाटारबाट निकालिएपछि पनि बाजा बजाएरै बालकोट पुगेको भन्दै उनले ओलीप्रति व्यंग्य गरे।

 

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्