Kathmandu Press

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं, असोज ३ : एएफसी महिला एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ।उज्वेकिस्तानमा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाएर जित तर्फ...
नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं, असोज ३ : एएफसी महिला एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ।

उज्वेकिस्तानमा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाएर जित तर्फ अग्रतसर भएको नेपाल अन्तिम ५ मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग २–१ ले पराजित भयो। खेलमा नेपालका लागि विमला चौधरीले गोल गरेकी थिइन् भने फिलिपिन्सका लागि तहनाइस अन्नी र कामिल विल्सनले गोल गरेकी थिइन्।

Hardik ivf

फिफा वरियताम ३३ स्थान माथि रहेको फिलिपिन्सविरुद्ध नेपालले खेलको १०औं मिनेटमा अग्रता लियो । नेपालकी विमला चौधरीले हेडिङमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

विमला पहिलो हाफमा पुरा समय मैदानमा रहन भने सकिनन् । उनी ३९औं मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भइन् । उनको स्थानमा स्ट्राइकर अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन्।

सुरुआतमै लिएको अग्रता नेपालले अन्तिम समयसम्म जोगाउँदै जिततर्फ अग्रसर भएको थियो । तर, अन्तिम ५ मिनेटमा डिफेन्सको गल्तीमा २ गोल खाँदै नेपाल पराजित भयो ।

९०औं मिनेटमा तहनाइसले गोल गर्दै फिलिपन्सलाई खेलमा फर्काइन् भने इन्जुरी समयको दोस्रो मिनटमा अन्नीले गोल गर्दै फिलिपिन्सलाई जित दिलाइन् ।
 

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, असोज ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्