Kathmandu Press

नेपाली क्रिकेट टिमलाई युएईले दियो भीसा

भीसा आएसँगै नेपाली टिम भोलि युएई प्रस्थान गर्ने क्यानले जनाएको छ। 
नेपाली क्रिकेट टिमलाई युएईले दियो भीसा

काठमाडाैं, असाेज ५ : नेपाली राष्ट्रिय क्रिकेट टिमलाई युएईले भीसा दिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आइतबार युएईले क्रिकेट टिमलाई भीसा दिएको जनाएको छ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण नेपाली टिमलाई भीसा दिन ढिलाई गरेको छ। सोही कारण शुक्रबार नै युएई जाने तय भएपनि नेपाली टिम जान पाएको थिएन्। 

भीसा आएसँगै नेपाली टिम भोलि युएई प्रस्थान गर्ने क्यानले जनाएको छ। 

नेपाली टिम वेस्टइन्डिजसँगको ऐतिहासिक टि–२० सिरिजका लागि युएई जान लागेको हो। नेपालले सेप्टेम्बर २७, २९ र ३०मा तीन खेलको सिरिज खेल्ने छ। 

नेपालल टि–२० विश्वकपको इस्ट एसिया प्यासिफिाक छनोटको तयारीका लागि युएईमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो। नेपाली टिम उतैबाट विश्वकप छनोटका लागि ओमान जाने छ।

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, असोज ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्