Kathmandu Press

आर्सनल नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, असोज ३ : इंग्लिस प्रिमियर लिग (इपिएल) को चर्चित क्लब आर्सनलको नेपालमा रहेका समर्थकहरुको समूह आर्सनल नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ।...
आर्सनल नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, असोज ३ : इंग्लिस प्रिमियर लिग (इपिएल) को चर्चित क्लब आर्सनलको नेपालमा रहेका समर्थकहरुको समूह आर्सनल नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आर्सनल नेपाल बेलायतस्थित क्लबबाट मान्यता पाएको आधिकारिक समर्थक समूह हो।

आर्सनल नेपाल गत साउन २७ मा स्थापनाको १२औं वार्षिकोत्सवका अवसरमा ‘आर्सनल डे’ मनाएको थियाे। नेपालको सबैभन्दा धेरै सदस्य भएको तथा सबैभन्दा पुराना समर्थक समूहमध्ये आर्सनल नेपाल एक हो।

साधारणसभा कार्यक्रममा आर्सनल नेपालले आफ्ना आधिकारिक सदस्यहरुलाई मायाको चिनो स्वरूप नेपाल एवं आर्सनल झल्काउने टिसर्ट तथा क्याप वितरण गरेको थियो।

Hardik ivf

साधारण सभामा चर्चित लोकगायक बद्री पंगेनीले प्रमुख आतिथ्यता गरेका थिए। खेलकुदमा सक्रिय रहेका तथा फुटबलमा निकै रुचि राख्ने गायक पंगेनी लामो समयदेखि आर्सनलका फ्यान हुन्। कार्यक्रममा उनलाई आर्सनल नेपालको मानार्थ सदस्यता पनि दिइएको थियो।

सो अवसरमा अध्यक्ष नवीन चित्रकारले पंगेनीलाई आधिकारिक सदस्यता कार्डका साथै आर्सनल नेपालको आधिकारिक ‘मर्चेन्डाइज’ प्रदान गरेका थिए।

आर्सनल नेपालका अध्यक्ष नवीन चित्रकारले १२ वर्षको यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आधिकारिक सदस्यता लिएका सबैलाई धन्यवाद तथा शुभकामना दिएका थिए।

अध्यक्ष चित्रकारका अनुसार ४ हजारको हाराहारीमा साधारण सदस्य रहेको आर्सनल नेपालमा यसपटक ७ सयजनाले आधिकारिक सदस्यता लिएका छन्।

कार्यक्रममा आर्सनल नेपालका सचिव सबिन श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा आर्सनल तथा आर्सनल नेपालप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद पनि दिएका थिए। यस्तै उपाध्यक्ष निरोज खतिवडाले आर्सनल नेपालका गतिविधिहरुका बारेमा बताउँदै आगामी कार्यक्रमका विषयमा जानकारी दिए।

साधारण सभाले आर्सनल नेपालको नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ। नयाँ सञ्चालक समितिको अध्यक्षमा नवीन चित्रकार, उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सविन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई रहेका छन्।

यस्तै, सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, एलिना शाह ठकुरी र सरिता खड्गी निर्विरोध चयन भएका हुन्।

गठनलगत्तै बसेको नयाँ सञ्चालक समितिको पहिलो बैठकले आर्सनल नेपाललाई नयाँ कार्यदिशा प्रदान गर्ने निर्णय गरेको छ। विगतमा काठमाडौं र मोफसलको पोखरामा मात्र सीमित रहेको आर्सनल नेपालले आगामी दिनमा आफ्ना गतिविधिलाई अन्यत्र पनि विस्तार गरिने सञ्चालक समितिले जानकारी दिएको छ।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, असोज ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्