Kathmandu Press

बूढानीलकण्ठ नगरपालिकाले सरसफाइ कार्यक्रम गरी संविधान दिवस मनाउने

काठमाडौं, असोज २ : बूढानीलकण्ठ नगरपालिकाले सविधान दिवस सरसफाइ कार्यक्रम गरी मनाउने भएको छ। नगरस्तरीय समितिको बैठकले सङ्घीय गणतान्त्रिक नेपालको सातौँ सविधान दिवसका...
बूढानीलकण्ठ नगरपालिकाले सरसफाइ कार्यक्रम गरी संविधान दिवस मनाउने

काठमाडौं, असोज २ : बूढानीलकण्ठ नगरपालिकाले सविधान दिवस सरसफाइ कार्यक्रम गरी मनाउने भएको छ। नगरस्तरीय समितिको बैठकले सङ्घीय गणतान्त्रिक नेपालको सातौँ सविधान दिवसका अवसरमा यही असोज ३ गते बिहान ७ देखि ९ बजेसम्म कम्तीमा दुई घण्टा भौतिक दूरी कायम गरी सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रत्येक नगरवासी आ–आफ्नो घर, पसल, प्रतिष्ठानको कम्तीमा ५० मिटर वरपर व्यक्तिगत÷सामूहिक÷संस्थागत योजनासहित अनिवार्यरूपमा नगरपालिकाको बृहत सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको नगरप्रमुख उद्घवप्रसाद खरेलले बताए।

नगरपालिकाले  प्रत्येक नगरवासीलाई (अशक्त, बालबालिका र वृद्घबाहेक) उक्त समयमा कुनै कार्यक्रम नराखी आ–आफ्नो योजनासहित नगर  सरसफाइ अभियानमा सहभागी हुन अनुरोध गरेको छ।

प्रकाशित मिति: १८:३६ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्