एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजै बेलुकासम्म समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाइने तयारी भएको छ।
धनुषा, असोज २२ : नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ।
आजै बेलुकासम्म समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाइने तयारी भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते राजीनामा घोषणा गरेका थिए।
नेपाली कांग्रेस र जनमत पार्टीले यसअघि नै समर्थन फिर्ता लिइसकेका छन्।
एमालेसहितका दलको समर्थनमा एक बर्षअघि जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए। मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना देखिएको छ।
नेपाली कांग्रेसको नेतृत्वमा एमाले, जनमत र लोसपाको गठबन्धन सरकार बन्ने आन्तरिक सहमति जुटेको छ । मधेश प्रदेशमा एमालेका २५, कांग्रेसका २२, जनमतका १३ र लोसपाको ९ सिट गरी १०७ सदस्य मधेश प्रदेश सभा रहेको छ ।
प्रकाशित मिति: १५:१६ बजे, बुधबार, असोज २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(56)-1764919423.jpg)






-1764760320.jpg)