Kathmandu Press

सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

मधेस र तत्कालीन नेकपा माओवादीले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बिमा गर्ने प्रतिष्ठानको लक्ष्य छ।
सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

जनकपुरधाम, असोज २१ : प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । 

प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बिमा गर्न बाँकी छ।

मधेस र तत्कालीन नेकपा माओवादीले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बिमा गर्ने प्रतिष्ठानको लक्ष्य छ। 

सहिद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत रु तीन हजार ५०० बिमा शुल्क प्रदान गर्दै आएको छ। 

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, असोज २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्