Kathmandu Press

कोरोना संक्रमण झापामा सबैभन्दा बढी

झापा, असोज २ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को झापामा सबैभन्दा बढी ९० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।...
कोरोना संक्रमण झापामा सबैभन्दा बढी

झापा, असोज २ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को झापामा सबैभन्दा बढी ९० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। सो अवधिमा सुनसरीमा २७, मोरङमा २२, इलाममा छ, धनकुटामा तीन, भोजपुरमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशभरमा २१६ जनामा कोरोना सङ्क्रमण भएकामा ५३१ को पिसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ को रिपोर्ट पोजेटिभ पुष्टि भएको बताइएको छ। स्थानीय तहअनुसार सबैभन्दा बढी झापाको दमकमा १९, सुनसरीको धरानमा १९ र बिर्तामोडमा १६ जना सङ्क्रमित भएका छन्।

झापाकै अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा छरछ, बाह्रदशी र बुद्धशान्तिमा दुईरदुई, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा एकरएक गरी १२ वटा पालिकामा कोरोना सङ्क्रमित भएका छन्।

यस्तै सुनसरीको  इटहरीमा चार, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा एकरएक, मोरङको विराटनगरमा १५, बूढीगङ्गामा तीन, उर्लाबारीमा दुई, कटहरी र सुनवर्षीमा एक÷एक, इलामको इलाम नगरपालिका, सूर्योदय र माईमा दुई/दुई, धनकुटाको धनकुटा नगरपालिका, छथर जोरपाटी र पाख्रिबासमा एकरएक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आजै २८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त  हुनेमा महिला र  पुरुष बराबर छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित पाँच जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्