Kathmandu Press

मृत अवस्थामा तीनजना फेला

काठमाडौं, असोज २ : रुपन्देही ओखलढुङगा र रामेछापमा तीनजना मृत अवस्थामा फेला परेका छन्।रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ बेसक्याम चोकस्थित सडक छेउमा हाल नाम, थर,...
मृत अवस्थामा तीनजना फेला

काठमाडौं, असोज २ : रुपन्देही ओखलढुङगा र रामेछापमा तीनजना मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ बेसक्याम चोकस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी  ४३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

Hardik ivf

ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ स्थित उतिस्ने खोल्सामा सोही ठाउँ बस्ने ३५ वर्षीय कुमार बानिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

रामेछापको मन्थली नगरपालिका–२ स्थित तामाकोशीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। 

यी सबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, असोज २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्