Kathmandu Press

रौतहटमा सुटकेशभित्र भेटियो महिलाको शव

गौर नगरपालिका वडा नम्बर ९ पर्ने सो सडकमा शनिबार राति १०ः३० बजे शकास्पद सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए। 
रौतहटमा सुटकेशभित्र भेटियो महिलाको शव

रौतहट, भदौ ७ : रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ। गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो। 

गौर नगरपालिका वडा नम्बर ९ पर्ने सो सडकमा शनिबार राति १०ः३० बजे शकास्पद सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए। 

उनका अनुसार प्रहरी टोलीले आज (आइतबार) बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए। 

शवमा साडी छिरिएको देखिएकाले महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ। प्रहरीले महिलाको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ।  

यस अघि गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया र सप्तरीका उपेन्द्र भगतको एक होटलमा शव फेला परेको थियो। यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ।

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, भदौ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्