Kathmandu Press

कार्यकर्तालाई प्रशिक्षण दिन जनकपुरमा प्रचण्ड

काठमाडौं, असोज २ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ जनकपुर आइपुगेका छन्।पार्टीद्वारा आयोजित प्रदेश २ स्तरीय प्रशिक्षणमा सहभागी हुन उनी आज (शनिबार) जनकपुर...
कार्यकर्तालाई प्रशिक्षण दिन जनकपुरमा प्रचण्ड
Hardik ivfHardik ivf

काठमाडौं, असोज २ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ जनकपुर आइपुगेका छन्।

पार्टीद्वारा आयोजित प्रदेश २ स्तरीय प्रशिक्षणमा सहभागी हुन उनी आज (शनिबार) जनकपुर आएका हुन्। उनले आजै पार्टी नेता–कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ। प्रचण्डका साथमा अर्का नेता मातृका प्रसाद यादव पनि जनकपुर आएका छन्।

उनलाई नेता तथा कार्यकर्ताहरूले जनकपुर विमानस्थलमा भव्य स्वागत गरे। स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा सचारमन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादव पनि विमानस्थल आएका थिए।

यतिखेर अध्यक्ष प्रचण्ड पार्टी सुदृढीकरणमा जुटेका छन्। पार्टी कमजोर बन्दै गएको विश्लेषण हुन थालेपछि उनले नेता तथा कार्यकर्ताले पदप्रतिष्ठाको मोह त्यागेर जनतासँग प्रत्यक्ष रूपमा जोडिएर अघि बढ्नुपर्नेमा जोड दिन थालेका छन्।

संगठनलाई बलियो र सुदृढ बनाएर आउने निर्वाचनमा माओवादी केन्द्रलाई पहिलाे पार्टी बनाउनुपर्ने भनाइ उनले विभिन्न कार्यक्रममा राख्दै आएका छन्।

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्