मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
बारा, असोज १ : जितपुरसिमरा उपमहानगरपालिका १ स्थित सडकमा ना ५६ प ७४५६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार साँझ मोटरसाइकल...
बारा, असोज १ : जितपुरसिमरा उपमहानगरपालिका १ स्थित सडकमा ना ५६ प ७४५६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका ४ का २७ वर्षीय रञ्जन बानिँयाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
