Kathmandu Press

फिफा वरियतामा नेपाल यथावत, भारत २ स्थान तल झर्‍यो 

काठमाडौं, भदौ ३१ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपालको स्थान यथावत रहेको छ ।फिफाले बिहिबार सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६८औं...
फिफा वरियतामा नेपाल यथावत, भारत २ स्थान तल झर्‍यो 
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३१ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपालको स्थान यथावत रहेको छ ।

फिफाले बिहिबार सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६८औं स्थानमा यथावत् रहेको हो । अघिल्लो महिना सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । नेपालले यही सेप्टेम्बर महिनामा घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको थियो । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा रहेको छ । नयाँ वरियताअनुसार दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ ।

भारत दुई स्थान तल झरेर १०७ औं स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहँदा ब्राजिल दोस्रो स्थानमा कायमै छ । इंग्ल्याण्ड तेस्रो स्थानमा उक्लँदा फ्रान्स चौथो स्थानमा झरेको छ ।

पाँचौ स्थानमा इटाली, छैठौंमा अर्जेन्टिना, सातौंमा पोर्चुगल, आठौंमा स्पेन, नवौंमा मेक्सिको र १० औं स्थानमा डेनमार्क छन्।

प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्