Kathmandu Press

प्रदेश नं १ मा २६१ जना कोरोनामुक्त

प्रदेश नं १ मा २६१ जना कोरोनामुक्त

विराटनगर, भदौ ३१ : प्रदेश नं १ मा आज २६१ जना कोरोना सङ्क्रणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश नं  १ मा सबैभन्दा बढी झापामा १४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ती सङ्क्रमित झापाको १३ वटा पालिकामा देखिएका हुन्। सो अवधिमा प्रदेशभरिमा एक हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
    
मन्त्रालयका अनुसार झापाबाहेक मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा पाँच÷पाँच, भोजपुर, उदयपुर र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ। प्रदेशमा आज आठ जिल्ला बढी प्रभावित भएको देखिएको छ। 
    
स्थानीय पालिका अनुसार झापामा १३ वटा पालिकाअन्तर्गत झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाइमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०÷१०, बुद्धशान्ति र भद्रपुरमा छ÷छ, बाह्रदशी र हल्दिबारीमा चार, कमल गाउँपालिकामा तीन, गौरादह र झापा गाउँपालिकामा दुई÷दुई जनामा कोरोना देखिएको हो।
    
मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा सात, केराबारीमा पाँच, रतुवामाईमा दुई, बेलबारी, लेटाङ, रङ्गेली, धनपालथान, बूढीगङ्गा र कटहरीमा एक÷एक गरी १२ वटा पालिकामा, सुनसरीको छ वटा पालिकाअन्तर्गत इटहरीमा ४२, धरानमा ११, रामधुनीमा चार, हरिनगरमा दुई, इनरुवा र देवानगञ्जमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, छथर र पाख्रिबासमा एक÷एक गरी तीन पालिकामा देखिएको छ। त्यस्तै इलामको इलाम नगरपालिकामा तीन, सूर्योदय र चुलाचुलीमा एक÷एक गरी तीन पालिकामा, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र सङ्खुवासभाको खाँदबारीमा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्