गायिका प्रतिमाको ‘भन्देउ हजुर’ मा निरुता र दिनेश

काठमाडौं, भदौ ३० : गायिका प्रतिमा केसीको नयाँ गीत ‘भन्देउ हजुर’ सार्वजनिक भएको हो ।आहा टिभी युट्युब च्यानलबाट  ‘भन्देउ हजुर’को भिडियो सार्बजनिक भएको हो। गीतमा प्रतिमालाई राग पौडेलले साथ दिएका छन् । सिएल शर्माको संगीत रहेको गीतमा संजीव बरालीले एरेन्ज गरेका छन्। 

गायिका प्रतिमाको यो दोस्रो गीत हो । यसअघि उनले प्रविण बेडवालसँग ‘माया लाइसक्यो’ गीत ल्याएकी थिइन् । प्रतिमाका ‘आमा’, ‘लजाएर लुकी लुकी’, ‘रिम झिम’, ‘उड्ने पिलेन’ गीत बजारमा ल्याउने तयारीमा छिन्।

सिर्जन बरालले निर्देशन गरेको गीतको भिडियोमा चर्चित मोडल निरुता शाही र जिबी चिरनले फिचरिङ गरेका छन् । उनीहरुलाई दिनेश कठायत र दीपक सापकोटाले पनि साथ दिएका छन् । भिडियो दिनेश रजालीले खिचेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन्।

 Published Date: Wednesday, 15th September 2021 9:10:00 pm