Kathmandu Press

प्रिमियर लिगमा तीन खेलपछि आर्सनलको जित

काठमाडौं, भदौ २७ : लन्डन क्लब आर्सनलले प्रिमियर लिगमा पहिलो जित निकालेको छ।शनिबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीलाई १-० ले हरायो। प्रिमियर...
प्रिमियर लिगमा तीन खेलपछि आर्सनलको जित

काठमाडौं, भदौ २७ : लन्डन क्लब आर्सनलले प्रिमियर लिगमा पहिलो जित निकालेको छ।

शनिबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीलाई १-० ले हरायो। प्रिमियर लिगका सुरुआती तीन खेलमा पराजय भोगेको आर्सनललाई जित दिलाउन पिर्रे एमेरिक औबामियाङले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६६औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनलाई जित दिलाए। ईपीएलमा आर्सनलको यो नै सिजनको पहिलो गोल हो।

Hardik ivf

यसैगरी बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु चम्किएपछि चेल्सीले एस्टन भिल्लामाथि ३-० को जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे भने माटेओ कोभासिचे १ गोल गरे।

खेलको १५औं मिनेटमा लुकाकुले चेल्सीलाई सुरुआती अग्रता दिलाए। उनले कोभासिचको पासमा गोल गरेका थिए।

त्यस्तै, खेलको ४९औं मिनेटमा कोभासिचले चेल्सीको अग्रता दोब्बर बनाए। त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा लुकाकुले गोल गरेपछि चेल्सी ३-० ले विजयी भयो।

यसैगरी डिफेन्डिङ च्याम्पियन सिटीलाई लेस्टरविरुद्ध जित दिलाउन बर्नार्डो सिल्भाले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ६६औं मिनेटमा गोल गरेका थिए।

 

 

प्रकाशित मिति: ०७:०० बजे, आइतबार, भदौ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्