एनपिएलको मिनि अक्सनमा १५० जना सहभागी हुने
जसमा ए क्याटेगोरीमा ८ खेलाडी छन्। अलराउन्डर मोहम्मद अदिल आलम, विकेटकपिर ब्याट्सम्यान अर्जुन साउद, दिलिप नाथ, अलराउन्डर पवन सर्राफ, शदर भेषावकर, सुमन गौतम, ब्याट्सम्यान देव खनाल र स्पिनर सूर्य तामाङ छन्।
काठमाडाैं, साउन २१ : नेपाल प्रियिमर लिग (एनपिएल)को दोस्रो सिजन अघि ‘मिनी अक्सन’ हुँदै छ। मिनि अक्सनमा सहभागी हुन ४५८ जना खेलाडीले नाम दर्ता गराएका थिए।
यही सूचीबाट नेपाल क्रिकेट संघ (क्यन)ले मिनि अक्सनमा सहभागी हुने खेलाडीको ‘सर्टलिस्ट’ तयार गरेको छ। साउन २४ गते हुने मिनि अक्सनका लागि क्यानले १५० खेलाडीलाई छनोट गरेको छ।
जसमा ए क्याटेगोरीमा ८ खेलाडी छन्। अलराउन्डर मोहम्मद अदिल आलम, विकेटकपिर ब्याट्सम्यान अर्जुन साउद, दिलिप नाथ, अलराउन्डर पवन सर्राफ, शदर भेषावकर, सुमन गौतम, ब्याट्सम्यान देव खनाल र स्पिनर सूर्य तामाङ छन्।
यी मध्ये अदिल र पवन पहिलो पटक अक्सन सहभागी भएका हुन्। पहिलो संस्करणमा पवन घाइते थिए भने अदिल प्रतिबन्धमा थिए। यस्तै, दिलिप, शरद, सुमन, देव र सूर्यलाई फ्रेन्चाइजीले रिजित गरेका हुन्।
यस्तै, बी क्याटेगोरीमा ३४ खेलाडी छन्। जसमा राष्ट्रिय टिमसँगै भारतमा प्रशिक्षण गरिरहेका युवा स्पिनर युवराज खत्री, अलराउन्डर शेर मल्ल, भुवन कार्की, ब्याट्सम्यान अर्जुन कुमाल, आकाश त्रिपाठी, आशुतोष घिरैया, मयन यादव, पृथु बास्कोटा, हरिशंकर साह, बलरहरू अनिल खरेल, मौसम ढकाल, दुर्गेश गुप्तालगायत छन्।
यस्तै सी क्याटेगोरीमा १०७ खेलाडी छन्। यू–२० टिमका कप्तान अविशेष तिवारी, अर्जुन चुनारा, उत्तम थापामगर, सुजन थपलिया, सोनु देवकोटा, राजु रिजाल, तुलबहादुर थापा, जोय थापा, दिवान पुनलगायत छन्।
अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म हुनेछ। यस्तै, बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैयाँ छ भने सी ग्रेडका खेलाडीको न्युनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको हो।
अक्सनमा खेलाडीमाथि दुई वा दुईभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाए गोलाप्रथाबाट खेलाडी छनोट गरिनेछ।
अक्सनअघि आठ टिममध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लाइन्स, विराटनगर किंग्स र काठमाडौं गोर्खाजले ६ खेलाडी रिटेन गरेका थिए भने च्याम्पियन जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले समान ७ खेलाडी रिनेट गरेका थिए।












-(86)-1764936079.jpg)