Kathmandu Press

चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गते रिलिज हुने

काठमाडौं, भदौ २६ : चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गते रिलिज हुने भएको छ। अघिल्लो वर्ष महाशिवरात्रिमा रिलिजको घोषणा गरिए पनि...
चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गते रिलिज हुने

काठमाडौं, भदौ २६ : चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गते रिलिज हुने भएको छ। अघिल्लो वर्ष महाशिवरात्रिमा रिलिजको घोषणा गरिए पनि कोरोना महामारीका कारण हुन नसकेको चलचित्रका निर्देशक मुकुन्द भट्टले बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गतेबाट प्रदर्शन गर्ने मिति तय गरिएको उल्लेख गरेका छन्।

Hardik ivf

नेपालसँगै युरोप र अस्ट्रेलियामा छायांकन गरिएको यस चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय रहेको छ।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले सञ्चालन गर्ने अनुमति पाएको छ। सरकारले स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न दिने निर्णय सरकारले गरेको छ।

तर हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले भने शतप्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति दिन माग राखेको छ। अन्यथा हल खोल्न नसकिने संघको भनाइ छ।

यसअघि निर्देशक एवं अभिनेत्री झरना थापाले पनि आगामी चैत २५ गते ‘ए मेरो हजुर ४’ रिलिज गर्ने बताइसकेकी छन्।

प्रकाशित मिति: १५:२० बजे, शनिबार, भदौ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्