Kathmandu Press

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढाए सभामुखले

प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका छन् ।
एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढाए सभामुखले

काठमाडौं, भदौ २५ : प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका छन् ।

नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गर्ने प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिएका छन् ।

सांसद सुवालले नाराबाजीबीच आफ्नो प्रस्ताव फिर्ता लिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, २०७८ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

सभामुखले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । र, बहुमतले प्रस्ताव स्वीकृत भएको सभामुखले घोषणा गरे ।

प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्