Kathmandu Press

जेन जी आन्दोलन नेपालको इतिहासमा नयाँ टर्निङ पोइन्ट : रेग्मी 

एघारौँ संविधान दिवस २०८२ का अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष रेग्मीले गत भाद्र २३ र २४ को घटना नेपालको इतिहासमा नयाँ प्रकृतिको जेन जी आन्दोलनको नयाँ रूप भएको र एउटा विशिष्ट प्रकृतिको टर्निङ पोइन्ट रहेको उल्लेख गरेका हुन् ।
जेन जी आन्दोलन नेपालको इतिहासमा नयाँ टर्निङ पोइन्ट : रेग्मी 

काठमाडौं, असोज ३ : मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले जेन जी आन्दोलन नेपालको इतिहासमा नयाँ टर्निङ पोइन्ट भएको बताएका छन् । 

एघारौँ संविधान दिवस २०८२ का अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष रेग्मीले गत भाद्र २३ र २४ को घटना नेपालको इतिहासमा नयाँ प्रकृतिको जेन जी आन्दोलनको नयाँ रूप भएको र एउटा विशिष्ट प्रकृतिको टर्निङ पोइन्ट रहेको उल्लेख गरेका हुन् । उनले भनेका छन्, “संविधानले परिकल्पना गरेको र नेपाली समाजले अपेक्षा गरेको भ्रष्टाचारमुक्त शासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिका कुरा गौण हुन पुग्दा र अन्य अनपेक्षित कुराहरू र घटनाहरूले बढावा पाउँदा जनतामा निराशा र आक्रोश व्याप्त हुँदै गयो, चुलिँदै गयो । 

Hardik ivf

जेन जी अर्थात् नयाँ पुस्ता बढी नै निराश र आक्रोशित बन्यो।” रेग्मीले इतिहासदेखि नै नेपाल र नेपालीको पहिचानका रूपमा रहेका महत्वपूर्ण राष्ट्रिय सम्पत्ति, सम्पदा र धरोहरहरूमा नोक्सानी पुग्नु निकै दुःखद् विषय भएको बताउँदै सरकारले घटनामा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनेछ भन्ने सबैको अपेक्षा र विश्वास रहेको पनि उल्लेख गरेका छन् ।  

आगामी निर्वाचन समयमै सम्पन्न भएर नयाँ संसद् निर्माण हुनु, समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास गर्नु र नेपाली जनताको आकाङ्क्षाअनुसार नयाँ मार्गचित्र तय गर्नु आवश्यक रहेकोमा रेग्मीको जोड छ । 

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, असोज ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्