Kathmandu Press

‘ए मेरो हजुर ४’ चैत २५ गते रिलिज हुने

काठमाडौं, भदौ २५ : निर्देशक एवं अभिनेत्री झरना थापाले आफ्नो फिल्म  ‘ए मेरो हजुर ४’ को रिलिज मिति सार्वजनिक गरेकी छन्।उनले आज (शुक्रबार)...
‘ए मेरो हजुर ४’ चैत २५ गते रिलिज हुने

काठमाडौं, भदौ २५ : निर्देशक एवं अभिनेत्री झरना थापाले आफ्नो फिल्म  ‘ए मेरो हजुर ४’ को रिलिज मिति सार्वजनिक गरेकी छन्।

उनले आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी चैत २५ गते फिल्म प्रदर्शन मिति सार्वजनिक गरेकी हुन्।

Hardik ivf

थापाले पूर्व घोषित मिति भाद्र १८ गते रिलिज गर्न नसकेको पनि उल्लेख गरेकी छन्।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले सञ्चालन गर्ने अनुमति पाएको हा। सरकारले स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न दिने निर्णय सरकारले गरेको छ।

तर हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले भने शतप्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति दिन माग राखेको छ । अन्यथा हल खोल्न नसकिने संघको भनाइ छ।

चलचित्र संघले त्यसो भनिरहे पनि निर्देक एवं अभिनेत्री थापाले भने निर्माण गरिसकेर पनि कोरोना महामारीका कारण प्रदर्शन गर्न नसकिरहेका बेला सात महिना पछाडिका लागि अहिले नै प्रदर्शन मिति घोषणा गरेकी हुन्।

उनले सबै चलचित्रकर्मी र दर्शकहरूबाट साथ र सहयोगको अपेक्षा पनि राखेकी छन्।

‘ए मेरो हजुर–४’ मा मुख्य भूमिकामा अनमोल केसी र सुहाना थापा छन्।  ‘ए मेरो हजुर ३’मा पनि यो जोडीको अभिनय थियो। फिल्म सुनिलकुमार थापाले निर्माण गरेका हुन्। यस फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ।

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, भदौ २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्