Kathmandu Press

नेपाली टिमले साफ च्याम्पियसिपका लागि कतारमा २ साता तयारी गर्ने

काठमाडौं, भदौ २४ : आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा २ साता प्रशिक्षण गर्ने भएको छ। मादिभ्समा अक्टोबरमा हुने...
नेपाली टिमले साफ च्याम्पियसिपका लागि कतारमा २ साता तयारी गर्ने

काठमाडौं, भदौ २४ : आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा २ साता प्रशिक्षण गर्ने भएको छ। मादिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिमले कतारमा १५ दिन बन्द प्रशिक्षण गर्ने भएको हो।

बन्द प्रशिक्षणमा जाने २४ सदस्यीय खेलाडीसहित नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०बीच बिदाइ गरेको छ। सोल्टी क्राउन प्लाजमा आयोजित युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीले नेपाली टोलीलाई बिदाइ गरे।

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष शेर्पाले प्रशिक्षणका क्रममा नेपाली टिमको खाने तथा बस्ने व्यवस्था कतार फुटबल संघले गर्ने बताए । त्यसका लागि उनले कतार फुटबल संघलाई धन्यवाद पनि दिए ।

बन्द प्रशिक्षणका लागि नेपाली टिम शुक्रबार कतार प्रस्थान गर्ने छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी कतारमै छन् । उनी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल लगत्रै सोमबार कतार गएका थिए । 

कतारमा १५ दिन प्रशिक्षण गरेर नेपाली टिम उतैबाट साफ च्याम्पियनसिपमा सहभागी हुने माल्दिभ्स पुग्ने छ। साफ च्याम्पियनसिप माल्दिभ्समा १ अक्टोबरदेखि १६ अक्टोबरसम्म आयोजना हुनेछ।

प्रकाशित मिति: २०:२१ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्