Kathmandu Press

मैत्रीपूर्ण महिला फुटबलमा नेपालले बंगलादेशलाई हरायो 

काठमाडौं, भदौ २४ : मैत्रीपूर्ण खेलमा नेपाली महिला टिम विजयी भएको छ। बिहीबार दरशथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ ले हरायो...
मैत्रीपूर्ण महिला फुटबलमा नेपालले बंगलादेशलाई हरायो 
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २४ : मैत्रीपूर्ण खेलमा नेपाली महिला टिम विजयी भएको छ। बिहीबार दरशथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ ले हरायो ।

नोपलको जितमा डेब्यू खेलाडीद्वय प्रीति राई र सविता रानाले गोल गरे भने बंगलादेशका लागि थोहुरा खातुनले गोल गरेकी थिइन्। 

नेपालले १३औं मिनेटमा सुरुआती अग्रता लियो । डेब्यू खेलाडी सविताले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यसपछि प्रीतिले २३ औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाउने काम गरिन् ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले ८३औं मिनेटमा गोल फर्कायो । उसका थोहुरा खातुनले गोल गरेकी थिइन् । त्यसपछि गोल नहुँद नेपाल विजयी भयो। 

बंगलादेशविरुद्धको यो खेलसँगै नेपाली सिनियर महिला टिमले दशरथ रंगशालामा डेब्यू पनि गरेको छ। यही खेलमार्फत प्रीति र सवितासँगै सिर्जना सिंह र रश्मीकुमारी घिसिङले पनि नेपाली टिममा डेब्यू गरे।

नेपालले आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो। दोस्रो खेल आगमी आइतबार हुने छ।

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्