पपुवा न्युगिनीले दियो नेपाललाई १३५ रनको लक्ष्य
काठमाडौं, भदौ २२ : ओमानमा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपाली बलरले उतकृष्ट प्रदर्शन गरेका छन्। नेपाली बलर चम्किएपछि पहिलो खेलमा नेपलले...
काठमाडौं, भदौ २२ : ओमानमा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपाली बलरले उतकृष्ट प्रदर्शन गरेका छन्। नेपाली बलर चम्किएपछि पहिलो खेलमा नेपलले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी ३३ ओभरमा १३४ रनमै अलआउट भएको थियो। उसका लागि लेगा सिअकाले सर्वाधिक ३० रन बनाउँदा चार्लस अमिनिले २३ र गाउडी टोकाले २२ रनको योगदान दिए।
पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने विक्रम सोब र कुशल मल्ले समान २ विकेट लिए। यस्तै, सोमपाल कामीले पनि १ विकेट लिए । सन्दीपले १० ओभरमा ३५ रन खर्चिए।
यसै खेलमार्फत नेपाली राष्ट्रिय टिम र एकदिवसीय क्रिकेटमा डेब्यू गरेका बिक्रमले आफ्नो पहिलो बलमै विकेट लिएका थिए। उनले ६ ओभरमा रन खर्चेर २ विकेट लिए।
विक्रमसँगै यसैखेल मार्फत ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले पनि एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छन्। दुवैल गत वैशामा भएको त्रिकोणात्मक सिरिज मार्फत टि–२० क्रिकेटमा डेब्यू गरेका थिए।
