Kathmandu Press

अन्तिम टेस्टमा भारतको ६ रनको रोमाञ्चक जित, इंग्ल्यान्डविरुद्धको सिरिज बराबरीमा

दबाबपूर्ण अवस्थामा अन्तिम दिन मोहम्मद सिराजले घातक बलिङ गरेपछि इंग्ल्यान्डलाई ३६७ रनमा अलआउट गर्दै भारतले खेलमा ६ रनको रोमाञ्चक जित निकाल्यो।
अन्तिम टेस्टमा भारतको ६ रनको रोमाञ्चक जित, इंग्ल्यान्डविरुद्धको सिरिज बराबरीमा

काठमाडौं, साउन १९ : ओभलमा भएको ५ खेलको सिरिजको अन्तिम टेस्टमा ६ रनको रोमाञ्चक जित निकाल्दै भारतले घरेलु टोलीविरुद्धको सिरिज बराबरी गरेको छ। 

अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ३५ रन चाहिएको थियो भने ऊसँग ४ विकेट हातमा थियो। दबाबपूर्ण अवस्थामा अन्तिम दिन मोहम्मद सिराजले घातक बलिङ गरेपछि इंग्ल्यान्डलाई ३६७ रनमा अलआउट गर्दै भारतले खेलमा ६ रनको रोमाञ्चक जित निकाल्यो।

यो सिजतसँगै भारतले सिरिज २–२को बराबरी गरेको छ। यसअघि इंग्ल्यान्डले पहिलो र तेस्रो टेस्ट जितेको थियो भने भारतले दोस्रो टेस्ट जितेको थियो। यता, म्यान्चेस्टरमा भएको चौथो टेस्ट बरारबरीमा सकिएको थियो।

Hardik ivf

योसँगै शुभमन गिलले पनि आफ्नो टेस्टक कप्तानीमा भारतलाई सुखद सुरुआत दिलाएका छन्। उनले सिरिजका सर्वाधिक रनकर्ता पनि हुन्। ४ शतकसहित ७५४ रन बनाए उनी कप्तानमा रुपमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी बनेका छन्।

३७४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि ह्यारी ब्रुक्स र जो रुटले शतब बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। ब्रुक्सले ९८ बलमा १४ चौका र २ छक्का मद्दतमा १११ रन बनाए भने रुटले १०५ रन बनाएका थिए। त्यसअघि बेन डटेकले ५४ रनको पारी खेलेका थिए। 

बलिङमा भारतका लागि मोहम्मद सिराजले ५ विकेट लिए। उनले ३०.१ ओभरमा ६ मेडनसहित १०४ रन दिए। यस्तै, प्रसिद्ध कृष्णाले ४ तथा आकश दीपले १ विकेट लिए।

त्यसअघि भारतले पहिलो इनिङमा करुण नायरको अर्धशतक मद्दतमा ५७ रन मद्दता २२४ बनाएको थियो। बलिङमा इंग्ल्यान्डका गुस एट्किन्सनले ५ तथा जोश टंगले ३ विकेट लिए।

इंग्ल्यान्डले पहिलो इनिङमा ज्याक क्राउली र ह्यारी ब्रुकको अर्धशतक मद्दतमा २४७ रन बनाउँदै ४३ रनको अग्रता लिएको थियो। बलिङम भारतका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान ४ विकेट लिएका थिए। 

दोस्रो इनिङमा भारतले ३९६ रन बनाउँदै इंग्ल्यान्डलाई ३७४ रनको ठूलो लक्ष्य दिएको थियो। भारतका लागि यसस्वी जैसवालले ११८ रन बनाउँदा रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले समान ५३ रन बनाए। बलिङमा इंग्ल्यान्डका जोश टंगले ५ तथा एट्किन्सन ३ विकेट लिए। 

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, साउन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्